प्राध्यापक संघको अधिवेशन पुस ११ देखि

काठमाडौँ, ९ पुस । निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको पाँचौ केन्द्रीय अधिवेशन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बड्बरियाले यसपटक अधिवेशन नसर्ने स्पष्ट गर्दैै अधिवेशनका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिनुभयो । अधिवेशनका लागि ६० भन्दा बढी क्याम्पस तथा इकाईको अधिवेशन सम्पन्न भइसकेको छ । संघले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनमा सहभागी झण्डै छ सयभन्दा बढी सदस्यले एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा नेतृत्वको चयन गर्नेछन् ।