निर्मला हत्या प्रकरणः शंकास्पद २ जनाको डीएनए नमुना कञ्चनपुरमा

निर्मला हत्या प्रकरणः शंकास्पद २ जनाको डीएनए नमुना कञ्चनपुरमा

काठमाडौं, ३ पुस । निर्मला हत्या प्रकरणमा शंकास्पद मानिएका दुई जनाको डीएनए नमुना कञ्चनपुर पठाइएको छ ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) ले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको डीएनए नमुना कञ्चनपुर पठाइएको हो ।

यसअघि मुख्य शंकास्पदका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रदिप रावल र विशाल चौधरीको डीएनए परीक्षणका लागि पठाएको थियो । उनीहरुले कसुर स्वीकारेको समेत दाबी गरेको जनाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं निर्मला प्रकरणका अनुसन्धान अधिकृत कृष्णराज ओझाले काठमाडौंबाट रिपोर्ट पठाइएको पुष्टि गनुभयो । उहाँले नमुना कन्चनपुर आइपुगेपछि जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीको रहवरमा खोलिने बताउनुभयो ।