सरकारलाई दिए डा. केसीले चेतावनी, माग पूरा नभए पुस १७ देखि अनशन

सरकारलाई दिए डा. केसीले चेतावनी, माग पूरा नभए पुस १७ देखि अनशन

काठमाडौं, २ पुस । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन्।

उनले १५ औं अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन नभए पुस १७ गतेदेखि अनशन सुरु गर्ने घोषणा गरेका छन्। सोमबार विज्ञप्ति जारी गरी डा। केसीले चिकित्सा शिक्षा विधेयकलाई अघि बढाउन केही दिन समय लाग्ने भन्ने जानकारी आएकाले विधेयक अघि बढाउन पूर्वनिर्धारित अनशनको समय पछि सारेको बताएका छन्।

यसअघि डा। केसीले माग पूरा नभए पुस २ ९आज० देखि अनशन थाल्ने घोषणा गरेका थिए। डा। केसीले भनेका छन्,‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसहित बाँकी मागहरूसमेत पूरा गर्न स्मरण गराउँदै घोषित सत्याग्रहलाई दुई साताले पछि सारेका छौं।

यसबीच विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यसअगाडि दुई पल्ट जारी भएका अध्यादेश तथा हामीसँग बारम्बार भएका सम्झौताहरू भन्दा प्रतिकूल हुने गरी चलखेल भए कुनै पनि बेला सत्याग्रह सुरू हुन्छ।’

डा। केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि राजनीतिक दबाबका कारण स्नातकोत्तरको अनुमति दिन नेपाल मेडिकल काउन्सिलले आनाकानी गरिरहेको आरोप लगाएका छन्।