नुवाकोट, २८ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा मिनी ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
बा३ख ३९१३ नम्बरको आइसर ट्रक दुर्घटना हुँदा घाइते भएका १५ जनालाई उद्दार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईले दिएकाे जानकारीअनुसार ४५ जनाभन्दा धेरै सर्वसाधारण ट्रकमा चढेका थिए। १७ जनाको शव निकाली सकिएको प्रहरीले पुष्टि गरेको छ।