काभ्रेमा जिप दुर्घटना हुँदा बेहुला बेहुलीसहित २१ घाइते

काभ्रेमा जिप दुर्घटना हुँदा बेहुला बेहुलीसहित २१ घाइते

काठमाडौं, २८ मंसिर । रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटनामा परेको छ । प्रहरीकाअनुसार दुर्घटनामा २१ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक दिपक गिरीले दिएको जानाकारी अनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार रामेछाप खाँडादेवी गाउँपालिका–१ की २१ वर्षीया बेहुली स्विकृति तामाङको बाया हातमा तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का २२ वर्षीय बेहुला लक्ष्मण तामाङको ढाड र छातीमा चोट लागेको छ । बलेफी गाउँपालिका–६ का चालक प्रेम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।