

काठमाडौं, २७ मंसिर । सरकारले साना किसानको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानको ऋण मिनाहा गर्ने निर्णय गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको आज निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी गराउनुभयो ।
कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।
यस्तै सोमबारकै बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा छैनन् ।