काठमाडौँको न्यूनतम तापक्रम ३.८ डिग्री, चिसो झनै बढ्यो

काठमाडौँको न्यूनतम तापक्रम ३.८ डिग्री, चिसो झनै बढ्यो

काठमाडौँ, २६ मंसिर । आज काठमाडौँको न्यूनतम तापक्रम घटेर ३.८ डिग्री सेल्सियस पुगेको छ । हिजो ४.०८ डिग्री मापन भएको न्यूनतम तापक्रम आज बिहान ३.८ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबारको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने काठमाडौँ उपत्यकासहित मुलुकभरको मौसम सामान्यतया सफा रहने बताइएको छ । पश्चिम र मध्ये क्षेत्रका केही पहाडी भूभागमा सामान्य तथा आंशिक बदलीको सम्भावना रहेको र पूर्वी पहाडी क्षेत्रमा आांशिक बदली हुनुका साथै हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।