वैज्ञानिकले औंल्याए नेपालमा अर्को भयानक भूकम्पको जोखिम

वैज्ञानिकले औंल्याए नेपालमा अर्को भयानक भूकम्पको जोखिम

काठमाडौं, २३ मंसिर । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरुले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैत्रानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् । यो खबर आजको राजधानी दैनिकबाट लिएका हौं ।

जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमै ठूलो भूकम्प जान सक्ने देखाएको छ ।