रौतहट, २१ म्ंसिर । स्वतन्त्र मधेशको माग गर्दै अभियानमा लागेका सिके राउत रौतहट जिल्ला अदालतको आदेशमा पूर्पक्षको लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रौतहटका न्यायाधिस अम्बिकाप्रसाद निरौलाको इजलासले हिजो यस्तो आदेश दिएको हो ।
अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला अदालत रौतहटका रजिष्टार गुणराज पराजुलीले जानकारी दिनुभयो । पुरानो मुद्दाको शिलशिलामा रौतहट जिल्ला अदालतमा हाजिर हुन आएका बेला राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राउतलाई रौतहट प्रहरीले गएको असोज २१ गते गौरबाट पक्राउ गरेको थियो । सांगठनिक अपराध कसुर अन्र्तगत पूर्पक्षमा राखेर अनुसन्धान गर्न कारागारमा राखिएको जनाइएको छ ।