सुशासन र समृद्धिका लागी अपराधमुक्त समाजः नेकपा अध्यक्ष दाहाल

सुशासन र समृद्धिका लागी अपराधमुक्त समाजः नेकपा अध्यक्ष दाहाल

कपिलबस्तु १८ मंसिर । नेकपाका अध्यक्ष पुष्षकमल दाहालले मुलुकको सुशासन र समृद्धिका लागी अपराधमुक्त समाज निर्माण गरिनुपर्नेमा जोड दिनुभएको छ । जनताले निर्माण गरेको स्थायी सरकार मार्फत दिगोशान्ती तथा समृद्धिका निम्ति भय रहित समाज हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कपिलबस्तुका सत्तारुढ दल नेकपाका युवा नेता दिपेन्द्रकुमार चौधरीको १२ औं दिनको पुण्यतिथिको अवसरमा आयोजित शोकसभालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले अपराधमुक्त हुन सके मात्र सभ्य समाज निर्माण हुने बताउनुभयो ।

अध्यक्ष दाहालले सभ्य समाजको निर्माणका लागि अपराधमुक्त बनाउन सबै राजनैतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मुलुकमा दिनप्रतिदिन बढिरहेका हिंसात्मक गतिबिधि प्रति सरकार गम्भिर रहेको दाहालको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले सरकारको समृद्ध नेपाल सुखी नेपालीको सोंचलाई सार्थकता प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । समाजमा अपराध गतिविधिमा संलग्न जो सुकैलाई पनि कानुनी कठघरामा उभाइनुपर्नेमा उहाँले जोड दिनुभयो ।