

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताउनुभएको छ । मोरङका जनप्रतिनिधीहरुसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनता कै हितमा काम गर्ने बताउनुभयो । प्रधानमन्त्री ओली समक्ष मोरङको कानेपोखरी, लेटाङ,बेलबारी,पथरीका प्रमुख ,उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् ।
प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै सो क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । मोरङका जनप्रतिनिधीहरुले विशेष नापी गरी धनी पूर्जा वितरण गर्न माग गरेका छन् ।