

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ । बैठकमा विधेयकमा प्रस्तावित कानुनी व्यवस्था, संशोधनका प्रावधान तथा खारेज गर्न प्रस्ताव गरिएका कानुनका विषयमा छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, बिहान ११ बजे बस्ने उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ । महिला तथा सामाजिक समितिको बैठक बिहान ९ बजे बस्दैछ । बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठक भने बिहान ९ः३० बजेका लागि तय गरिएको छ । बैठकमा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सम्बन्धमा छलफल हुनेछ । साथै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गर्ने कार्यसूची छ ।