

मन्त्रालयका अनुसार २जी मोबाइल सञ्जालमार्फत गरिने परीक्षणका क्रममा तोकिएका क्षेत्रमा रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश प्राप्त हुन सक्नेछ। सन्देशमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ (परीक्षण सन्देश/TEST ALERT) भनेर स्पष्ट उल्लेख गरिएको हुनेछ।
परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक पनि प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ। मोबाइलमा चेतावनी ध्वनि वा सन्देश प्राप्त भएमा नआत्तिन र कुनै प्रतिक्रिया वा कारबाही नगर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ। यो कुनै वास्तविक विपद्को सूचना नभई विशुद्ध प्राविधिक परीक्षण मात्र भएको मन्त्रालयले स्पष्ट पारेको छ।
नेपालमै विकसित मोबाइलमा आधारित यस प्रविधिमार्फत बाढी, पहिरो, भूकम्पलगायत विपद्को जोखिममा रहेका क्षेत्रमा तत्काल पूर्वसूचना तथा सुरक्षासम्बन्धी निर्देशन पुर्याउन सकिनेछ। यस प्रणालीको प्रयोगले विपद्का बेला नागरिकलाई समयमै सचेत गराउन र आवश्यक सावधानी अपनाउन महत्वपूर्ण सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।