

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्थ र गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाद्वारा हस्ताक्षरित सूचनामा एकादशी मेलाका अवसरमा बिदा दिने उल्लेख छ । हरिबोधिनी एकादशीको अवसरमा रेसुङ्गा धाममा विशेष मेला तथा पूजाअर्चना भइरहेको छ । बिहानैदेखि स्नान, पूजा र मेला अवलोकनका लागि भक्तजनहरूको घुइँचो लागेको छ ।
रेसुङ्गाको पोखरीमा स्नान गर्दा पाप नष्ट हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ गुल्मीका साथै पाल्पा, स्याङ्जालगायत छिमेकी जिल्लाबाट समेत श्रद्धालुहरू रेसुङ्गा धाम पुग्ने गरेका छन् । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको रेसुङ्गा क्षेत्रमा आज दिनभर भक्तजनको चहलपहल रहने अपेक्षा गरिएको छ ।