लैंगिक हिंसाविरुद्ध सरकार दृढतापूर्वक लागिरहेको छः परराष्ट्रमन्त्री ज्ञवाली

लैंगिक हिंसाविरुद्ध सरकार दृढतापूर्वक लागिरहेको छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, ९ मंसिर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले लैंगिक हिंसाविरुद्ध सरकार दृढतापूर्वक लागिरहेको बताउनुभएको छ । लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयक कार्यक्रममा बोल्दै उहाँले पितृसत्तात्मक सोच नै लैङ्गिक हिंसाको प्रमुख कारक रहेकाले यसविरुद्ध अभियान नै चलाउनु आवश्यक रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डको दोषी अहिले उम्किएजस्तो देखिए पनि छिट्टै पत्ता लाग्ने बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले बालबालिकालाई माया र यौन दुव्र्यवहारबीचको फरक बुझाउनु जरुरी रहेको भन्दै सबै मिलेर लैंगिक हिंसाविरुद्ध जनचेतना बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।