सिन्ह्वाले सार्वजनिक गर्‍यो विश्वकै पहिलो बायोनिक रोबोट समाचारवाचक

सिन्ह्वाले सार्वजनिक गर्‍यो विश्वकै पहिलो बायोनिक रोबोट समाचारवाचक
काठमाडौं । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक गरेको छ। बेइजिङमा बिहीबारदेखि सुरु भएको सातौँ विश्व मिडिया शिखर सम्मेलनका अवसरमा सिन्ह्वाले मानिसजस्तै देखिने र समाचारवाचन गर्न सक्ने रोबोट सार्वजनिक गरेको हो।

मानव स्वरूपमा तयार गरिएको उक्त रोबोटलाई सञ्चार क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) र अत्याधुनिक प्रविधिको नयाँ प्रयोगका रूपमा हेरिएको छ। सातौँ विश्व मिडिया शिखर सम्मेलनमा विश्वभरका सञ्चारमाध्यमका प्रतिनिधि तथा सञ्चार क्षेत्रका विभिन्न सरोकारवालाहरू सहभागी छन्।