

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धले आगामी दिनमा थप उचाइ लिने विश्वास व्यक्त गरेका छन्।
भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो। त्यसैगरी, दुई देशबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि मन्त्री खनाल र विदेश सचिव मिस्रीबीच विचारविमर्श भएको छ।
भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हित र सहकार्यका विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।