सरकारले कुनै काम नगर्दा जनतामा निरासाः विप्लव माओवादी

सरकारले कुनै काम नगर्दा जनतामा निरासाः विप्लव माओवादी

काठमाडौं, ८ मंसिर । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले ९ महिनासम्म बर्तमान सरकारले कुनै काम गर्न सक्दा जनतामा निरासा बढेको बताउनु भएको छ ।

पार्टीले आज राजधानीमा गरेको सभालाई सम्वोधन गर्दै विश्वकर्माले देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको टिप्पणी गर्नुभयो । नेताहरू रातारात धनी कसरी भए भन्दै विश्वकर्माले प्रश्न गर्नुभयो । राष्ट्रलाई मुक्ति गर्नको लागि अन्तिम आन्दोलन जरुरी भएको उहाँको भनाइ छ ।

तराई, पहाड, हिमालका नाममा खण्डित गर्न खोजिएको तर राष्ट्रघातिहरुका विरुद्ध सवै नेपाली जनता सेना हुन जरुरी भएकोमा प्रकाण्डले जोड दिनुभयो । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै उहाँले पन्तका हत्याराको पहिचान आफ्नो पार्टीले गर्ने बताउनुभयो । पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत नेकपाले जनाएको छ ।