कांग्रेसले बुझायो निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण

कांग्रेसले बुझायो निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको छ। सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अद्यावधिक गराउन विवरण पेस गरिएको हो।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन्। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पेस गरिएको विवरणसँगै कांग्रेसले पार्टी विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयसमेत आयोगमा बुझाएको छ।

नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिलाई औपचारिक रूपमा अद्यावधिक गराउने प्रक्रियाअन्तर्गत विवरण बुझाइएको हो।