

सप्तरी, ८ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनरुवामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३६ जना भन्दा बढी घाइते भएका छन् । बराह क्षेत्रमा लागेको कुम्भ मेला हेरेर फर्किदै गरेको यात्रु सवार को १ ख २७९९ नम्बरको बस हिजो साँझ दुर्घटना भएको हो ।
मृत्युहुनेमा बेचनीदेवी यादव, भुटनीदेवी यादव, सिक्किलदेवी साह, दिनेश रजक र उनकी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते भएका मध्ये ११ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने अन्यको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भिर रहेको छ ।