रवि लामिछाने तीनदिने तीर्थाटनका लागि भारत जाँदै

रवि लामिछाने तीनदिने तीर्थाटनका लागि भारत जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत प्रस्थान गर्दै छन्। उनी निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ।

तीनदिने भ्रमणका क्रममा लामिछाने धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुग्ने कार्यक्रम छ।

निजी सचिवालयका अनुसार लामिछानेले दुवै धार्मिक स्थलमा परिवारसहित पूजाअर्चना गर्नेछन्।