आज विश्व चर्पी दिवस

आज विश्व चर्पी दिवस

काठमाडौं, ३ मंसिर । आज विश्व चर्पी नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष नोभेम्बर १९ तारीखका दिन मनाइने दिवस “चर्पी हाम्रो प्राकृतिक आवश्यक्ता” नाराका साथ मनाइँदैछ । नेपालले विगत ८ वर्षको अवधिमा संघसंस्था तथा व्यक्तिहरुको सहयोग र सहकार्यले घरायसी चर्पी निर्माणमा उल्लेख्य प्रगति गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

दिवसको अवसरमा मन्त्रालयले ५ वर्ष मुनिका बालबालिकाहरुमा झाडापखालाको प्रकोप १४ प्रतिशतबाट झरेर ८ प्रतिशतमा पुर्याइएको पनि जनाएको छ । स्वच्छता र सरसफाइमा ध्यान दिदै सरकारले विभिन्न जिल्लामा खुल्ला दिशामुक्त क्षेत्र घोषणा अभियान पनि सञ्चालन गरेको छ । जस अन्र्तगत अहिले सम्म ६० वटा जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ ।