अोढ्नु पर्‍यो छाता

अोढ्नु पर्‍यो छाता

(बालकविता)


– रमेशचन्द्र घिमिरे-

अफिस जाने बेलामा
बाबा परे फेलामा
बालाई भयो पिरलो
भिज्यो किताब-खाता
पानी साह्रै दर्किएर
अोढ्नु पर्‍यो छाता

खेतमा पुग्ने बेलामा
अामा परिन् फेलामा
अामाज्यूको दुखेसो
पोल्यो करङ-पाता
घाम निकै चर्किएर
अोढ्नु पर्‍यो छाता

जन्ती पर्सिने बेलामा
दुलाहा परे फेलामा
दुलाहाको कोटमा
लाग्यो दाग-टाटा
अक्षताले छर्किएर
अोढ्नु पर्‍यो छाता ।

– लमजुङ