काठमाडौं, २ मंसिर । त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक कमलप्रकाश मल्लको निधन भएको छ । अमेरिकामा उपचार गराइरहेका ८४ वर्षीय मल्लको गएराति निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उहाँले भाषाविज्ञान, नेपाल भाषा सहित विभिन्न भाषा संस्कृति र इतिहास विषयको खोज अनुसन्धान प्राध्यापन र लेखन गर्नुभएको छ । मल्ल पार्किन्सन्स रोगबाट पिडित हुनुहुन्थ्यो ।