कञ्चनपुर, २५ कार्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । नागरिक संघर्ष समितिले आज र्यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो ।
निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा रातदिन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ । यसअघि निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनी समेत दिईसक्नुभएको छ । अनिश्चितकालीन धर्ना दिने र धर्नापछि पनि हत्यारा पत्ता लगाएर सार्वजनिक नगरे परिवार नै आमरण अनसनमा बस्ने पन्तले बताउनुभयो ।