

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा परेको मुद्दा पुनरावलोकन गर्न अनुमति दिएको छ। बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिने आदेश जारी गरेको हो।
कांग्रेसभित्रको असन्तुष्ट समूहले यसअघिको फैसलामा कानुनी पुनर्विचार आवश्यक रहेको भन्दै पुनरावलोकनका लागि निवेदन दिएको थियो। यसअघि सर्वोच्च अदालतले निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई दिएको मान्यतालाई सदर गर्दै आयोगको निर्णयलाई वैध ठहर गरेको थियो।
पुनरावलोकनको अनुमति पाएसँगै अब उक्त विवादमा सर्वोच्च अदालतले फेरि सुनुवाइ गर्ने बाटो खुलेको छ।