मन्त्रिपरिषद् बैठक आज, महत्वपूर्ण निर्णय हुने संकेत

मन्त्रिपरिषद् बैठक आज, महत्वपूर्ण निर्णय हुने संकेत

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बिहान ११ः३० बजे बस्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलद्वारा जारी सूचनाअनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुनेछ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुनुका साथै केही महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। यद्यपि बैठकको विस्तृत कार्यसूची भने सार्वजनिक गरिएको छैन।