साउन १ देखि लागू हुने गरी सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक

साउन १ देखि लागू हुने गरी सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक गरेको छ। नयाँ व्यवस्था साउन १ गतेदेखि लागू भएको हो।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार २०८३ साउन ६ गते बसेको बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा मासिक प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था स्वीकृत गरेको हो।

निर्णयअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी (निवृत्तिभरण प्रयोजनसमेत) का लागि अनुसूची–१ देखि अनुसूची–८ सम्म नयाँ तलबमान कायम गरिएको छ।

त्यसैगरी, प्रत्येक पदको एक दिनको तलबबराबरको ग्रेड रकम निर्धारण गरिएको छ। सरकारले तलबवृद्धिपछि कायम हुने आधारभूत तलबको १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराउने निर्णय पनि गरेको छ। नयाँ तलबमान तथा सेवा–सुविधा साउन १ गतेदेखि नै लागू भइसकेको अर्थ मन्त्रालयले जनाएको छ।