(बालकविता)
– रमेशचन्द्र घिमिरे-
बाबा सहर जानुभो
अामा घरमा हुनुहुन्न
खाइदेऊ भात नरोई
खाँदाखेरि रुनुहुन्न
सहरबाट बाबाले
बाजा ल्याइदिने रे !
मेला गई अामाले
खाजा ल्याईदिने रे !
छिन्द्रिङछिन्द्रिङ बाजाको
तालमा नाच्नुपर्छ
लुला खुट्टा उफार्दै
कम्मर भाँच्नुपर्छ
मेलाबाट फर्केर
अामा अाएपछि
खुसी हुनुपर्छ है
खाजा खाएपछि
कल-झगडा गर्दैन,
दु:ख दिन्न दिदीलाई
बुझ्झकी छ असाध्यै
मेरो सानाे भाइ ।
– भोर्लेटार, लमजुङ ।
२०७५/०७/२०