देउसीभैलो बोकेको जिप दुर्घटना हुदा २७ जना घाइते

देउसीभैलो बोकेको जिप दुर्घटना हुदा २७ जना घाइते

दाङ, २२ कार्तिक । दाङमा देउसीभैलो बोकेको जिप दुर्घटना हुदा २७ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा तुलसीपुर ७ निबासी १६ बर्षका रमा एलसी, विपना चौधरी, १४ बर्षका रन्जीता भट्टराई, १८ बर्षका सरस्वती भट्टराई, १७ बर्षका पवन डाँगी, १६ बर्षका सुरज अधिकारी, १७ बर्षका कुसुम कवर, १८ बर्षका कमल भुजेल घाईते हुनुभएको छ । यस्तै १८ बर्षका गिता वली, १८ बर्षका लक्ष्मी विक, १७ बर्षका भावना वली, १८ बर्षका दोर्जे गुरुङ, १५ बर्षका अनुस चौधरी, १७ बर्षका विजय घर्तीमगर, १५ बर्षका बिनोद पुलामी, १४ बर्षका सृष्टिमगर ,२४ बर्षकी रञ्जीता चौधरी, १९ बर्षका विजय घिमिरे, विकास बलामी, सन्तोष हमाल लगाएत घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्य गम्भिर घाइते २ जनालाई घोराही र ३ जनालाई कोहलपुर रिफर गरिएको शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक असोक न्यौपानेले जानकारी दिनुभयो । प्रमुख न्यौपानेका अनुसार घाइतेहरुलाई शसस्त्र प्रहरी, जनपथ प्रहरीले घटनास्थलबाट उद्धार गरेर राप्तीअंचल असपताल तुलसीपुरमा पुर्याइएको थियो । चालक भने फरार रहेका छन् ।