कात्तिक २५ सम्म अपराधी पत्ता नलागे आन्दोलनः निर्मलाका परिवार

कात्तिक २५ सम्म अपराधी पत्ता नलागे आन्दोलनः निर्मलाका परिवार

कञ्चरपुरका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको सय दिन नाघिसक्दा समेत अपराधी पत्ता नलागेको भन्दै पीडित परिवारले आन्दोलनको घोषणा गरेका छन् ।

कञ्चनपुरस्थित आफ्नै निवासमा आइतबार पत्रकार सम्मेलन गरी निर्मलाका परिवारले यही कात्तिक २५ गतेसम्म पनि अपराधी पत्ता नलगाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले यतिका दिनसम्म पनि छोरीको हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन नसकेको भन्दै न्यायका लागि तिहारपछि आन्दोलनमा उत्रने बताउनुभयो । सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै अपराधी पत्ता लगाएर कारवाही गर्न माग गर्नुभयो । निर्मला हत्याकाण्डको छानबिनका लागि विभिन्न समिति गठन गरे पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।