

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य ४ हजार ५९० रुपैयाँ रहेको थियो। मूल्यमा आएको यो गिरावटसँगै सुन–चाँदी बजारमा उतारचढाव बढेको देखिएको छ।