प्रधानमन्त्रीको अभिव्यक्तिबारे रणनीति बनाउन विपक्षी दलहरूको बैठक आज

प्रधानमन्त्रीको अभिव्यक्तिबारे रणनीति बनाउन विपक्षी दलहरूको बैठक आज

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले विपक्षी दलहरूको बैठक बोलाएको छ। प्रतिनिधिसभामा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे साझा धारणा बनाउन संसदीय दलका नेता भीष्मराज आङ्देम्बे को आह्वानमा बैठक बस्न लागेको हो।

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजेका लागि तय गरिएको छ। बैठकमा प्रधानमन्त्री बालेन शाह ले संसद्मा दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ। साथै, उक्त विषयमा विपक्षी दलहरूको साझा रणनीति तय गर्ने एजेन्डा रहेको बताइएको छ।

छलफलमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का नेताहरूलाई आमन्त्रण गरिएको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले कसरी प्रस्तुत हुने, प्रधानमन्त्रीको अभिव्यक्तिबारे के धारणा राख्ने तथा संसद्मा अपनाइने रणनीतिबारे बैठकले सामूहिक निर्णय गर्ने अपेक्षा गरिएको छ।