

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षका लागि बजेटको आकार सार्वजनिक गरेका हुन्।
सरकारले चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ, जुन कुल बजेटको ५९.८ प्रतिशत हो। यस्तै पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ भने वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले बजेटमार्फत आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ। बजेटको पूर्णपाठ सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट यसको समीक्षा र प्रतिक्रिया आउने क्रम सुरु भएको छ।