निर्मला हत्या प्रकरणः थप ४ जनाको डीएनए परीक्षण

निर्मला हत्या प्रकरणः थप ४ जनाको डीएनए परीक्षण

महेन्द्रनगर, १४ कात्तिक । निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मङगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौँ ।

अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए । नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन ।