काठमाडौं, ११ कार्तिक । उपत्यकासहित मुलुकभर चिसो बढेको छ । दसैंअघिसम्म मुलुकका अधिकांश भागमा गर्मी महसुस भएपनि दसैंलगत्तै तापक्रम घटेर चिसो हुन थालेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस छ ।
आज सबभन्दा कम जुम्लामा न्यूनतम तापक्रम ० दशमलव ७ र अधिकतम तापक्रम १९ दशम लव ६ डिग्री सेल्सियस तथा सबभन्दा बढी विराटनगरमा न्यूनतम तापक्रम १८ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ८ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस हुन थालेको छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम ९ दशमल ७ र अधिकम तापक्रम २९ डिग्री, सिमराको न्यूनतम तापक्रम १४ र अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस, दाङको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
धनकुटाको न्यूनतम तापक्रम १२ दशमलव ८ र अधिकतम तापक्रम २६ दशमलव १ डिग्री सेल्सियस तथा पोखराको न्यूनतम तापक्रम १२ दशमलव २ र अधिकतम तापक्रम २६ दशम लव ५ डिग्री छ । न्यूनतम तापक्रम अझै घटदै जाने आँकलन महाशाखाको छ ।