काठमाडौं, ९ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीसहित २७ जना विरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नक्कली कागजात बनाएर बिना भिसा कुवेतको श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारले विभागको काठमाडौं कार्यालयका २५ जना कर्मचारी र २ जना विचौलिया विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुले रोजगारीका लागि कुवेत जान चाहने १ सय ८४ जना महिलालाई भिसाविनै श्रम स्वीकृति दिएको पाइएको छ । उहाँका अनुसार २५ अगष्ट २०१७ देखि २५ अक्टोबर २०१७ सम्म श्रम स्वीकृति प्रदान गरिएका मध्ये १ सय ८४ महिलालाई नियम उल्लघंन गरी गलत लगत बनाएको पाइएको छ ।
गलत कागजातका आधारमा श्रम स्वीकृति लिएर कुवेत गएका ती महिला कुवेत पुगेपछि शोषणमा परेका थिए । अख्यितारले विभागका शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दीपकुमार आचार्य, गणेश विक्रम शाह, पवित्रा श्रेष्ठ, दिनेश कुमार राई रामप्रसाद ओलीविरुद्ध आरोप पत्र दायर गरेको छ ।