काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी माक्सवादीका महासचिव सीताराम यचुरी आज काठमाडौँ आउँदै हुनुहुन्छ ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नुहुनेछ । साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्नुहुने बताईएको छ ।