

काठमाडौँ । विगत लामो समयदेखि काठमाडौँको बानेश्व र भक्तपुरको लोकन्थलीमा सञ्चालन हुदै आएको ‘स्वीमहब एकेडेमी’ अब पोखरामा पनि सञ्चालन हुने भएको छ । पौडी सिक्न चाहानेहरूका लागि लक्षित गर्दै ‘स्वीमहब एकेडेमीले’ आधुनिक स्विमिङ पुल सहित काठमाडौँ भक्तपुर र पोखरामा प्रशिक्षण सुरु गर्न थालेको हो । विगत केही वर्षयता बढ्दो स्वास्थ्य चेतना र पौडीप्रतिको आकर्षणलाई मध्यनजर गर्दै एकेडेमीले औपचारिक रूपमा सेवा सुरु गर्न लागेको हो ।
अनुभवी प्रशिक्षकद्वारा तालिम
एकेडेमी सञ्चालक रितेश खड्काका अनुसार ‘स्वीमहब एकेडेमी’ ले बच्चादेखि वृद्धसम्मका लागि विशेष कक्षाहरू उपलब्ध गराइने र जसले पौडी सिक्न र सिकिसकेकाहरुलाई थप सुधार गर्न सहज बनाउने विश्वास लिइएको छ । साथै, प्रशिक्षित लाइफगार्डहरूको व्यवस्था गरिएको र यसले प्रशिक्षार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने पनि बताइएको छ ।
प्रशिक्षणका लागि अनुभवी तथा प्रमाणित प्रशिक्षकहरूको टोली खटाइएको छ । उनीहरूले प्रत्येक प्रशिक्षार्थीको शारीरिक क्षमता र सिकाइको स्तरअनुसार व्यक्तिगत मार्गदर्शन गर्नेछन् । साथै, पौडीसँग सम्बन्धित सुरक्षा मापदण्ड, सास नियन्त्रण, शरीर सन्तुलन र विभिन्न शैलीहरू (फ्रीस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक आदि) सिकाइनेछ ।

बानेश्वर

पाेखरा

लाेकन्थली
प्याकेजहरू
एकेडेमीले विद्यार्थी, खेलाडी तथा फिटनेस प्रेमीहरूलाई लक्षित गर्दै विभिन्न प्याकेजहरू ल्याएको छ । दैनिक, साप्ताहिक तथा मासिक तालिम योजनाका साथै विद्यालय तथा कलेजसँग सहकार्य गरी समूहगत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको जनाएको छ ।
स्वीमहब एकेडेमी’ले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । साथै, समयानुकूल तालिम प्रणाली र पूर्वाधार विस्तार गर्दै सेवा अझ सुदृढ बनाउने योजना रहेको एकेडेमीले जनाएको छ ।
समग्रमा, काठमाडौँ र पोखरामा सञ्चालनमा आएको ‘स्वीमहब एकेडेमी’ ले पौडी सिक्न चाहनेहरूका लागि गुणस्तरीय, सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउँदै खेलकुद विकासमा नयाँ आयाम थप्ने अपेक्षा राखिएको छ ।
इच्छुक व्यक्तिहरूले काठमाडौँको बानेश्वर,भक्तपुरको लोकन्थली र पोखराको केन्द्रहरूमा सम्पर्क गर्न सक्नेछन् । ‘अब पौडी सिक्ने मात्रै होइन, कुशल पौडीबाज बन्ने अवसर हामीले उपलब्ध गराउने छौँ’