सरकारी अस्पतालले टेरेनन् सर्वोच्चको आदेश

सरकारी अस्पतालले टेरेनन् सर्वोच्चको आदेश

काठमाडौं, ६ कार्तिक । अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् । सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेको समाचार छ ।

१४ असार २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही बर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो । तर, अधिकांश अस्पतालले सार्वोच्चको आदेश कार्यान्वयन गरेका छैनन् । याे खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।