गुल्मी, ५ कार्तिक । गुल्मीको सन्दर नगरी मुसिकोट नगपालिकाको केन्द्र वडा नम्बर ७ वामीटक्सारमा आजबाट दोस्रो नौमती बाजा महोत्सब सुरु हुँदै छ । कार्यक्रमको सम्पुर्ण तयारी पुराभएको बताइएको छ ।
वामी बिश्व सम्पर्क मञ्चले गत २०७२ सालको मँसिर तेस्रो साता प्रथम पटक यो क्षेत्रकै नमुना नौमती बाजा महात्सब आयोजना गरेको थियो । कार्यक्रमलाई निरन्तरता दिदै दोस्रो पटक नौमती बाजा महोत्सब आयोजना गर्न लागीएको मञ्चका संस्थापक समेत रहेका कार्यक्रम संयोजक बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो । महोत्सबको उद्घाटन गर्न पुवउपप्रधानमन्त्री टोप बहादुर रायमाझीले गर्नुहुनेछ । महोत्सवमा प्रथम पुरस्कार ३३ हजार ३ सय ३३, द्धितिय पुरस्कार २२ हजार २ सय २२, तृतिय पुरस्कार ११ हजार १ सय ११ रुपैया प्रदान गरीने भएको हो । त्यसैगरी उत्कृष्ट सनाही बजाउनेलाइ प्रोत्साहन स्वरुप ५ हजार ५ सय ५५ रुपैया प्रदान गरीनेछ । अहिले पञ्चेबाजामा नृत्य प्रतियोगीता पनि आयोजना गरीएको छ ।