

काठमाडौं, ४ कार्तिक । आज राति उल्का बर्षा हुने भएको छ । आज राती र भोलि बिहान मृघशिरा उत्कापात हुने हुनेछ । ती उल्कापातको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ’ओरियनिड मिटियर सावर’ वा मृघशिरा उल्कावर्षा नाम दिइएको छ ।
उल्कापात नेपालको समयअनुसार आज राति १० बजेर ४५ मा देखिन थाल्नेछ । भोलि बिहान पाैने ६ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्न लागि पाैने ४ पछिको समय उत्कृष्ट हुने नेपाल एस्ट्रोनोमिलकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।