-प्रविण गाहा-
गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले यसवर्षको दशै पनि माझी, कुमाल बस्तीमा मनाउनु भएको छ । उहांले गुल्मीदरवार गाउंपालिका वडा नं. १ बलिथुमको माझी बस्तीमा यस वर्षको दशै पनि सदाजस्तै टिका लगाईदिएर मनाउनु भएको हो ।
उहांले माझी बस्तीमा शुभकामना आदानप्रदान गरेर दशै मनाउन सुरु गरेको तीन वर्ष पुगेको छ । गुल्मीको मजुवा बजारबाट मुस्किलले १० मिनेटको पैदलमा पुगिने उक्त माझी बस्तीको बालबालिकाको पठनपाठनमा समेत निरन्तर सहयोग गर्दे आउनु भएको छ । उहांले आज माझी बस्तीमा रहेको माझी प्रा.वि. का ७० जना बालबालिका सहित विभिन्न विद्यालयका विद्यार्थीलाई टिका लगाइदिनुको साथै शैक्षिक सामाग्री, पोशाक वितरण गर्नु भएको हो ।
उक्त विद्यालयमा माझी र कुमालका मात्रै विद्यार्थीले अध्ययन गर्दै आएका छन् । त्यस्तै बालविकास प्रा।वि तुराङ्ग, बलिथुम नरहरी कडेंल मा।वि। बलिथुम, झेर्दी नि।मावि हुगा, लक्ष्मी निमावी बम्घा र आधीपाटा प्रा।वि। उल्लीखोलाका झण्डै ६ सय विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक वितरण गर्नु भएको हो ।
नेता भण्डारीले माझी बस्तीका झण्डै चार सय जनालाई टिका लगाइदिनु भएको हो । टिका संगै माझी र कुमाल महिलालाई लत्ताकपडा समेत उपहार दिनु भएको हो ।
२०७० सालको संविधानसभामा गुल्मी क्षेत्र नं। २ बाट विजयी भएपछी नेता भण्डारीले आफ्नो तलब सबै सिमान्तकृत वर्गका बालबालिकाको पठनपाठनमा खर्च गर्नु भएको थियो । २०७४ निर्वाचनमा पराजित भएपनि उहां निरन्तर जनतामाझ गएर उनीहरुको पिरमर्का बुझ्दै आउनु भएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा नेता भण्डारीले माझी बस्तीमा आएर दशै मनाउन पाउदा आफुले धेरै खुसी लागेको बताउनुभयो ।
नेता मात्रै सम्पन्न बन्ने जनता सधैको गरिब बन्ने परिपाटी अन्त्य गर्न आफु सिमान्तकृत बस्तीमा पुगेको उल्लेख गर्नुभयो । माझी बस्ती नेपालकै नमुना बनाउन थालनी गरेको अभियान साकार बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।