विजया दशमी टीकाको उत्तम साइत ९ बजेर ५१ मिनेटमा

विजया दशमी टीकाको उत्तम साइत ९ बजेर ५१ मिनेटमा

काठमाडौं, १ कार्तिक । यस वर्षको दसैँको टीकाको शुभसाइत भोलि बिहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार विजयादशमी अर्थात दसैँको टीकाको ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत रहेको छ भने देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटमा शुभ साइत रहेको अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।