काठमाडौं, १ कार्तिक । संविधान संसोधनका लागि छठअघि नै प्रक्रिया सुरु नभए राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पटकपटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएको राजपाले जनाएको छ ।
झन्डै दुई हप्ताअघि राजपाका शीर्ष नेताले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर संविधान संसोधनलगायतका आफ्ना माग पूरा गराउन आग्रह गरेका थिए । राजपाका नेता राजेन्द्र महतोले अहिलेसम्म सरकारले आश्वासन मात्र दिएकाले छठपछि समीक्षा गरी आवश्यक निर्णय लिइने बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधान संसोधन गर्ने बचन भने दिइसक्नु भएको छ ।