वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम  प्रवर्द्धनका लागि स्थापित ‘रिभल्भिङ फण्ड’ सञ्चालनका लागि समझदारी

वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम  प्रवर्द्धनका लागि स्थापित ‘रिभल्भिङ फण्ड’ सञ्चालनका लागि समझदारी

काठमाडाैं । ग्रामीण तथा अर्ध-शहरी क्षेत्रहरूमा दिगो आर्थिक विकास (सेड्रा) परियोजना अन्तर्गत ग्रामिण क्षेत्र र अर्ध-सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्धम प्रवर्द्धनमा जर्मन डेभलपमेन्ट बैंकको वित्तीय सहयोगमा स्थापित ‘रिभल्भिङ फण्ड’ सञ्चालनका निम्ति नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच मंगलबार समझदारी भएको छ ।

समझदारी-पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट का.मु. निर्देशक शिखा अधिकारी रेग्मी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गर्नुभयो । उक्त अवसरमा संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत, नेपाल राष्ट्र बैंकका गभर्नर लगायत परियोजना र बैंक सम्बद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत ४७ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु उपलब्ध गराईरहेको छ ।