

सिन्धुली : सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। लुटिएको रकम फेला परे पनि घटनामा संलग्न लुटेरा भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार साँझ चार–पाँच जनाको समूहमा आएका लुटेराहरूले बैंकका सुरक्षागार्डलाई कुटपिट गरी नियन्त्रणमा लिएपछि नगद लुटपाट गरेका थिए। घटनामा सुरक्षागार्ड रुद्र कार्कीसहित अन्यलाई पनि कुटपिट गरिएको जनाइएको छ।
घटनापछि प्रहरीले खोजी कार्य तीव्र पारेको र लुटेराहरू प्रयोग गरेको गाडी तथा त्यसका चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ। फरार लुटेराको खोजीका लागि आसपासका क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।