निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

काठमाडौं, २० असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ ।

घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र पैसाकै लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौँ । यस सम्बन्धी विस्तृत खबर नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ ।