

काठमाडौं । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना मुख्य पर्यटकीय याम भएकाले पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, अक्टोबर महिनामा दक्षिण एशियाबाट २९ हजार ६० जना, एसियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट ३ हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट ८ हजार ४४४ जना पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार, सन् २०२४ (वि.सं. २०८०–८१) को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कूल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् ।