

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ प्रणालीलाई स्तराेन्नति गर्दै ‘राष्ट्रिय वाणिज्य बैंक Digital Sansar’ नामक आधुनिक डिजिटल बैंकिङ सेवा सुरु गरेको छ । यो सेवा प्रयोग गरेर ग्राहकले मोबाइल फोन वा कम्प्युटरबाट देश–विदेशका जुनसुकै स्थानबाट पनि सहज र सुरक्षित रूपमा बैंकिङ सेवा लिन सक्नेछन् ।
बैंकका अनुसार Digital Sansar प्लेटफर्ममार्फत खाता विवरण, मौज्दात रकम, कारोबार सीमा, ब्याजदर, विदेशी विनिमय दरलगायत विवरण तुरुन्तै हेर्न सकिने सुविधा उपलब्ध छ । साथै, निश्चित जमानी खाता (Fixed Deposit) खोल्न, चेकबुक माग गर्न तथा बैंकका विभिन्न उत्पादन र सेवामा रुचि दर्ता गर्न पनि सकिनेछ ।
त्यस्तै, डिजिटल काउन्टर सेवाहरू जस्तै eCash, eVoucher, ग्राहकका डिजिटल कारोबारसम्बन्धी सोधपुछ र विवाद समाधान गर्ने सुविधा पनि यसमा समावेश गरिएको छ ।
यस सेवामार्फत आन्तरिक तथा अन्तरबैंक रकम पठाउन (SendMoney), भुक्तानीहरू सुरक्षित रूपमा सुरक्षित/अनुसूचित (save/schedule payments) गर्न, मोबाइल रिचार्ज र टपअप, बिजुली, पानी, टिभी, बीमा, क्रेडिट कार्ड लगायतका युटिलिटी बिल भुक्तानी गर्न सकिनेछ ।
त्यसका साथै, सरकारी राजस्व भुक्तानी, क्यूआर मार्फत व्यापारी भुक्तानी (Merchant Payments) तथा थर्ड पार्टी पेमेंट सुविधा पनि उपलब्ध गरिएको छ ।
ग्राहकहरूलाई सहज पहुँचका लागि नजिकका एटीएम र शाखाको लोकेसन पनि यस प्रणालीमार्फत हेर्न सकिने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकका अनुसार, Digital Sansar आधुनिक, सुरक्षित र प्रयोगमैत्री डिजिटल प्लेटफर्म हो, जसले ग्राहकलाई “बैंकिङ जहाँसुकै, जतिखेर पनि” भन्ने अनुभव दिलाउनेछ ।